काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल र विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
काठमाण्डु क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका खनाल २७ हजार ९१६ मत ल्याएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् । एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत ल्याएका छन् ।
यसैगरी काठमाण्डु क्षेत्र नम्बर ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९०९ मत ल्याएर चौथो भएका छन् ।




प्रतिक्रिया