कैलाली ३ मा रास्वपा उम्मेदवार जोशी विजयी

कैलाली ३ मा रास्वपा उम्मेदवार जोशी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन् ।

जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार वीरमान चौधरीले ११ हजार ९८३ मत पाएका छन् । २०६४ सालमा संविधान सभाको सदस्य निर्वाचित भएका चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ (१) बाट तत्कालीन नेकपा माओवादीबाट चुनाव जितेका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले ९ हजार ७१० मत पाएका छन् । उनी प्रतिनिधि सभाका लागि कांग्रेसबाट नयाँ अनुहार थिए । नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत पाएका छन् ।