रास्वपाका यी ८ सांसदले पाए ५० हजारभन्दा बढी मत

रास्वपाका यी ८ सांसदले पाए ५० हजारभन्दा बढी मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८ उम्मेदवारले ५० हजारभन्दा बढी मत पाएर ऐतिहासिक जीत हासिल गरेका छन् ।

यसपालिको निर्वाचनमा मतदाताले पुराना दलहरूलाई विस्थापित गर्दै रास्वपाका उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराएका छन् ।

मतगणनाअनुसार ५० हजारभन्दा बढीको विशाल मतले विजयी हुने उम्मेदवारहरूको सूचीमा रास्वपाकै बर्चस्व देखिएको छ ।

झापा ५ बाट बालेन्द्र शाह ‘बालेन’ सर्वाधिक मतका साथ विजयी भएका छन् । रास्वपाका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गरी सबैभन्दा उच्च मतले विजय हासिल गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै नयाँ इतिहास रचेका छन् ।

युवा नेत्री सोविता गौतमले चितवन–३ मा ५९ हजार २७७ मतका साथ दोस्रो ठूलो मत पाएकी छन् । बौद्धिक वर्गबाट राजनीतिमा होमिएका डा. लेखनाथ थापाले ५८ हजार ८१४ मतसहित रुपन्देही–३ मा प्रभावशाली जीत निकालेका छन् ।

रास्वपाका सुनिल लम्सालले रुपन्देही–१ मा ५७ हजार ३९ मत प्राप्त गर्दै विपक्षीलाई निकै पछि पारेका छन् । रास्वपाकै सुलभ खरेलले रुपन्देही–२ मा ५६ हजार ५५० मत पाएका छन् ।

रास्वपाकै रुबिना आचार्यले मोरङ ६ मा ५५ हजार ५१३ मत पाएका छन् । रास्वपा सभापति रवि लामिछानेले चितवन २ मा ५४ हजार ४०२ मतसहित जीत हात पारेका छन् भने काभ्रे २ मा बदन भण्डारीले ५३ हजार ३४४ मतसहित सानदार जीत हासिल गरेका छन् ।