कर्णालीमा प्रत्यक्षतर्फ १ सिट मात्रै जितेको रास्वपा समानुपातिकमा दोस्रो

कर्णालीमा प्रत्यक्षतर्फ १ सिट मात्रै जितेको रास्वपा समानुपातिकमा दोस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कर्णालीमा १ सिट मात्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठूलो दल बनेको छ ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा १ लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठूलो दल बनेको हो । पहिलो दल बनेको नेपाली कांग्रेसले १ लाख ३४ हजार ३३३ मत ल्याएको छ ।

समानुपातिकामा तेस्रो स्थानमा रहेको नेकपा एमालेले १ लाख ११ हजार ७११ मत ल्याएको छ । कर्णालीलाई आफ्नो आधार इलाका ठान्ने नेकपाले ९९ हजार ८४२ मत ल्याएर चौथो स्थानमा रहेको छ ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर प्रत्यक्षमा निर्वाचन जित्दा राप्रपाको समानुपातिकमा १५ हजार ३५७ मत पाएको छ ।

रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएर तेस्रो हुँदा उनको दलले कर्णालीबाट ८ हजार २२९ मत पाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले ५ हजार ८४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । सुर्खेतका २ निर्वाचन क्षेत्र, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र सल्यानबाहेक अरु सबै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारको धरौटी जफत भएको छ ।