महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपा केन्द्रीय समिति बैठक सुरु

महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपा केन्द्रीय समिति बैठक सुरु


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

चितवनको भरतपुरमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

बैठकले महाधिवेशनमा पेश हुने प्रस्ताव र छलफल हुने विषयबारे निर्णय लिनेछ । वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकपछि महाधिवेशन हुन लागेकाले नयाँ केन्द्रीय समिति चयन हुनेछ ।