सुरू भयो रास्वपाको पहिलो महाधिवेशन (LIVE)

सुरू भयो रास्वपाको पहिलो महाधिवेशन (LIVE)


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरू भएको छ। 

आइतबार चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह सुरू भएको हो।

कार्यक्रममा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह, रवि लामिछने लगायत उपस्थित छन्। 

रास्वपाले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन अरू दलका नेताहरूलाई पनि बोलाएको छ।

नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भएका छन्।