रास्वपा महाधिवेशनमा मतदानको समय सर्‍यो

रास्वपा महाधिवेशनमा मतदानको समय सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत मतदानको समय सरेको छ ।

गत आईतबारदेखि सुरु भएको महाधिवेशनमा बुधबार केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यतालिका भए पनि ढिलाइ हुँदा मतदानको समय सरेको छ ।

साँझ साढे ८ बजेदेखि मतदानको समय तोकिएको भए पनि अब राति १० बजेदेखि मतदान हुने भएको छ । मतदान भोलि बिहीबार बिहान १० बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्धारित समयअनुसार विद्युतीय मशिनका प्राविधिकहरूले काम गरिरहेका निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । निर्वाचनमा १ जनाले मतदान गर्न करिब १०–१५ मिनेटसम्म लाग्न सक्ने जनाइएको छ ।

रास्वपाले ३ दिनको लागि महाधिवेशन बोलाएको भए पनि व्यवस्थापन भद्रगोल हुँदा लम्बिँदै गएको छ ।