रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बिहान ११ बजे बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यालय चःमतिमा बस्ने बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारीबारे छलफल हुनेछ। रास्वपाले असोजको १ र २ गते राष्ट्रिय भेला राख्ने निर्णय यसअघि बसेको केन्द्रीय कमिटी बैठकबाट गरेको थियो।

बैठकमा अनुशासनात्मक कारबाहीबारे पनि छलफल हुने झाले बताए ।

रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई कारबाहीको तयारी गरेको छ। यसअघि महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गरिएका ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने तयारी रास्वपाको छ । यसअघि बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ढकालले त्यसको जवाफ दिइसकेका छन्।

केन्द्रीय समिति बैठकले स्थानीय छाँया सरकार कार्यविधि तय गर्ने पनि कार्यवाहक प्रवक्ता झाले बताए।