उपसभामुख हटाउन खोज्‍नु लोकतन्त्र मार्ने प्रयास : रास्वपा

उपसभामुख हटाउन खोज्‍नु लोकतन्त्र मार्ने प्रयास : रास्वपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोज्नु लोकतन्त्रलाई मार्न खोज्नु भएको बताएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गरेर लोकतन्त्रलाई मार्न खोजिरहेको बताए ।

‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’ परियारले भने, ‘संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन सक्दैन ।’

बहुमतको बलमा उपसभामुख रानालाई हटाएमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्ने बताए ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताउँदै महाअभियोगको प्रस्ताव ल्याउनुपर्ने बताएका थिए ।

उनले प्रतिनिधिसभा बैठकमा सत्तारूढ दलहरूले सल्लाह गरेर लोकतन्त्र मार्न लागेको आरोप लगाए । ‘यो राज्य पनि अब लोकतन्त्रमाथि आक्रमण गर्दै छ । माननीय उपसभामुखविरुद्ध महाभियोग लगाउने जस्तो कुरा राजनीतिक पार्टी बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन,’ उनले भने ।

संख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौमसत्ता अघि कोही पनि नटिक्ने परियारले बताए ।

सत्तारुढ दलले उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि रास्वपाले यसबारे संसद् बैठक अघि आन्तरिक छलफल गरेको थियो ।