काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाण्डौाको प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ । बुधबारसम्म चल्ने भेलाको बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गरे ।
भेलाको पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले पेस गर्ने सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेस हुनेछ । रास्वापाले यसै भेलाबाट राष्ट्रिय अभियान घोषणा गर्ने र प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने जनाएको छ ।
भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी भएका छन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजकरउपसंयोजक, प्रदेशको समितिरविभाग, केन्द्रीय समितिरविभागर आयोगहरूबाट प्रतिनिधित्व छ ।




प्रतिक्रिया