रास्वपाको आगमन अन्य दलहरूका लागि टाउको दुखाइ बन्यो, हाम्रो बहुमत नआउँदासम्म दुखिरहन्छ : रवि लामिछाने

रास्वपाको आगमन अन्य दलहरूका लागि टाउको दुखाइ बन्यो, हाम्रो बहुमत नआउँदासम्म दुखिरहन्छ : रवि लामिछाने

‘सहकारीको पैसा ल्याउन मेरो भूमिका नरहेको संसदीय छानबिन समितिको प्रतिवेदनले प्रष्ट भइसक्यो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको राजनीतिमा रास्वपाको आगमन अन्य राजनीतिक दल र नेताहरूका लागि टाउको दुखाइको विषय बनेको बताएका छन् ।

आजदेखि काठमाण्डौमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ।’

लामिछानेले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए। कसैलाई आक्षेप लगाउन नभएको तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने आफूहरूको भन्नु केही नरहेको उनको भनाइ थियो ।

रास्वपा सकियो भनेर आफूहरूविरुद्ध कुप्रचार भइरहेको बताउँदै लामिछानेले आफूहरूकै कारण दुई ठूला दल मिलेर सरकार बनाउनु पर्ने अवस्थामा पुगेको बताए । ‘हाम्रा कारण दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौं। हामी त फैलँदै छौं,’ लामिछानेले भने।

२०७९ को चुनावमा सहभागिता २०८४ मा चुनाव लड्न रास्वपाले दिएको निम्ता कार्ड लामिछानेको भनाइ थियो । निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौं भने चुनावै लड्दा त के होला ? लामिछानेको प्रश्न थियो ।

सहकारीको पैसा ल्याउन आफ्नो भूमिका नभएको संसदीय छानबिन समितिको प्रतिवेदनबाट प्रस्ट भएको लामिछानेले बताए ।
‘संसदीय समितिले दिएको निष्कर्षमा कतिपयलाई चित्त बुझेन। किन ? किनकि, उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन। सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो,’ उनले भने।

रवि लामिछाने नभए पनि रास्वपा अभियानका रूपमा अगाडि बढ्ने बताए । ‘रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ। घण्टी चुनाव चिह्न मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छरु रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्। दुई दल मिलेर दुई तिहाईको सरकार बनाउनु भएको छ, जनताको पक्षमा काम गरेर हाम्रो आवश्यकता र औचित्यलाई गलत सावित गरिदिनुस्,’ उनले भने।