काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको पार्टीले जानकारी दिएको छ ।
रास्वपा केन्द्रीय कार्यालयका अनुसार आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार २ः३० बजे गर्नेगरी तय गरिएको छ ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने एक नेताले जानकारी दिए ।




प्रतिक्रिया