रास्वपाको सडक आन्दोलन स्थगित, बैठक बसेर नयाँ कार्यक्रम घोषणा गरिने

रास्वपाको सडक आन्दोलन स्थगित, बैठक बसेर नयाँ कार्यक्रम घोषणा गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरापछि काठमाण्डुमा थालेको सडक आन्दोलन स्थगित गरेको छ ।

सहकारी ठगी प्रकरणको छानबिन र न्यायिक प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लाग्दै आएका बेला रास्वपाले आन्दोलन स्थगित गरेको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि बिहीबारसम्म पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबार काठमाण्डुमा आन्दोलन गरेको थियो ।

आन्दोलन स्थगित गरे पनि पार्टी केन्द्रीय समिति बैठक बसेर विरोधका कार्यक्रम तय गरिने रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

शुक्रबार काठमाण्डु जिल्ला समितिको आयोजना र केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा विरोध कार्यक्रम गरिएको थियो । विरोध प्रदर्शनलाई उपत्यकाव्यापी बनाउने गरी आगामी कार्यक्रम तय गरिने उनले बताए ।