रास्वपामा तमासा, कार्यवाहक नतोक्दै अर्यालले गरे बैठकको अध्यक्षता

रास्वपामा तमासा, कार्यवाहक नतोक्दै अर्यालले गरे बैठकको अध्यक्षता

कार्यवाहक महामन्त्री बुर्लाकोटी भन्छन् : कार्यवाहक तोक्नेबारे पार्टीमा कुनै छलफल भएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु – प्रतिनिधि सभाको चौँथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९ दिनदेखि नेतृत्वविहिन छ । सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरेको आरोपमा २ कात्तिकदेखि कास्की प्रहरी हिरासतमा छन् । आफू हिरासतमा गए पनि लामिछानेले कसैलाई पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छैनन् ।

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा सरकार र प्रहरीले हिरासतमा लिएको भन्दै आन्दोलनमा रहेको रास्वपाको थप आन्दोलनका कार्यक्रम तय गर्न शनिबार केन्द्रीय कार्यसमिति बैठक बस्यो । बैठक बस्दा सभापतिले कसैलाई कार्यवाहक अध्यक्ष तोकेका थिएनन् ।

पार्टी विधानमा दुई उपसभापतिमध्य सभापतिको अनुपस्थितिमा एक उपसभापतिलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने भन्ने उल्लेख छ । विधानमा दुई उपसभापतिमध्य ज्येष्ठलाई दिने एकातिर लेखिएको छ भने अर्कोतर्फ सभापतिले जो सुकै उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी दिन सक्ने लेखिएको छ ।

कार्यवाहकको जिम्मेवारी कसैले पनि नपाइ कसरी बैठक बस्यो र बैठक सञ्चालन भयो भन्दै हामीले रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सोध्यौं । उनले भने, ‘ पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी सभापतिज्यूले कसैलाई पनि दिनुभएको छैन । हामी आन्दोलनका क्रममा पोखराबाट काठमाण्डु फर्किनेक्रममा सभापतिले मौखिक रूपमा उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षमा बैठक बस्न निर्देशन दिनुभएको थियो,’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले काठमाण्डुपाटीसँग भने, ‘ त्यही अनुरुप हामी उपसभापति अर्यालको अध्यक्षतामा बैठक बसेर निर्णय गरेका छौँ ।’

बुर्लाकोटीले पार्टीको कार्यवाहक सभापति तोक्नेबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीको काम गर्न कुनै समस्या नभएको बताए । त्यसपछि हामीले न्यायीक प्रक्रिया टुंगिदा लामो समय लाग्न सक्छ, त्यसबेलासम्म कार्यवाहक नतोक्ने भन्ने भन्ने जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘न्यायिक प्रक्रिया टुंगिन लामो समय लाग्दैन ।’

अर्यालको अध्यक्षतामा पार्टी कार्यालय चःमतिमा बसेको बैठकले विभिन्न ५ निर्णय गरेको छ ।

यस्ता छन् बैठकका निर्णय :