बालकुमारी घटनामा गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाको प्रदर्शन

बालकुमारी घटनामा गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाको प्रदर्शन


काठमाण्डु – बालकुमारी घटनामा २ जनाको मृत्यु भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदर्शन गरेको छ ।

आज शनिबार ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयका अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छ ।

रास्वपा नेत्री तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदाहुँदै पनि युवाहरूले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन् । उनले २ युवाहरूको हत्या घटनाको रास्वापाले घोर भत्र्सना गरेको बताएकी छन् ।

घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।

प्रदर्शनका सहभागीले ‘प्रधानमन्त्रीज्यू १७ हजार प्लस २ भयो त ? अझै कति ?’, ‘नालायक सरकार राजीनामा दे, मृतकलाई शहीद घोषणा गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।