काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ ।
रुपन्देहीको भैरहवामा बुधबार बसेको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेथिति मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति नबनेसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
सदनमा जारी विरोधलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन अघि बढाउने निर्णय गरिएको छ ।
बैठकले भूमि, निजामति, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा सशक्त आवाज उठाउन सांसदहरूलाई निर्देशन दिएको छ ।




प्रतिक्रिया