काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार कर्णाली प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम गर्दैछ ।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार यसअघि बागमती र गण्डकी प्रदेशमा सम्पन्न भइसकेका प्रशिक्षण कार्यक्रमहरू जेनजी आन्दोलनका कारण रोकिएपछि पुनः सञ्चालन गरिएको हो।
महामन्त्री बुर्लाकोटीले कर्णाली प्रदेशपछि बाँकी रहेका मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम गरिने बताए।
प्रशिक्षणको मुख्य उद्देश्य पार्टीका नयाँ सदस्यहरूलाई स्वच्छ राजनीति, सुशासन, समुन्नति, लोकतन्त्र र लोककल्याणकारी राज्य सम्बन्धी पार्टीको मूल मापदण्डको अभिमुखीकरण रहेको उनले बताए।
कर्णालीमा हुने प्रशिक्षणमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कबिन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायतका नेताहरूको उपस्थिति हुनेछन् ।




प्रतिक्रिया