अन्तत: रवि, बालेन र कुलमानबिच एकता, ‘घण्टी’ चिह्नमा एकल बहुमत ल्याउने लक्ष्य

अन्तत: रवि, बालेन र कुलमानबिच एकता, ‘घण्टी’ चिह्नमा एकल बहुमत ल्याउने लक्ष्य


काठमाण्डु – जेनजी आन्दोलनको भावना सम्बोधन गर्ने उद्देश्यका साथ आसन्न चुनावका लागि रवि, बालेन र कुलमानबिच एकता भएको छ ।

चुनावबाट घण्टी चुनाव चिह्नमा एकल बहुमत ल्याएर स्थिर सरकारको नेतृत्व बालेन्द्र शाह ‘बालेन’ले गर्ने सहमति जुटेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समग्र नेतृत्व रवि लामिछानेले गर्नेछन् ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले रास्वपासँग एकीकरणमा आएपछि उनी रविपछिको उपसभापति हुने भएका छन् । रास्वपाका यसअघिका उपसभापति डीपी अर्याल र स्वर्णिम बाग्ने दोस्रो र तेस्रो उपसभापति बन्नेछन् ।

पार्टीको संरचनामा उज्यालो नेपालका नेता–कार्यकर्तालाई पनि समेट्ने सहमति समेत भएको छ । यससँगै रास्वपा घण्टी चुनाव चिह्नमा बहुमतको लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

सोमबार साँझ सहमति जुटेसँगै बालेनले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै लेखेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’