चुनावी सहकार्यका लागि रेशम, राजेन्द्र र अशोक रास्वपाको सम्पर्कमा

चुनावी सहकार्यका लागि रेशम, राजेन्द्र र अशोक रास्वपाको सम्पर्कमा


काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति विभिन्न दल र समूहको आकर्षण देखिएको छ ।

पछिल्लो समय काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको समूह मिलेर समानुपातिक सूची बुझाएको रास्वपाले अब प्रत्यक्षतर्फ सहकार्यका लागि रेशम चौधरी, राजेन्द्र महतो र अशोक राई नेतृत्वको पार्टीसँग छलफल अगाडि बढाएको छ ।

रास्वपा र अन्य पार्टीहरूले प्रत्यक्षतर्फ कति सिटमा सहकार्य गर्ने र कुन–कुन क्षेत्रमा सहकार्य गर्ने भन्नेबारे छलफल अगाडि बढाइरहेका स्रोतले जनाएको छ ।