काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकताको भावलाई सम्बोधन गर्न ४ पदाधिकारी थप्ने निर्णय गरेको छ ।
रास्वपाले पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो ।
प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनका लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको छ ।
रास्वपाले केन्द्रीय समितिको बैठकबाट पार्टी समायोजन तथा निर्वाचन केन्द्रित २ वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने, उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया