रास्वपामा मेयर बालेन सहितको टोली केन्द्रीय समितिमा मनोनित (नामावलीसहित)

रास्वपामा मेयर बालेन सहितको टोली केन्द्रीय समितिमा मनोनित (नामावलीसहित)


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को टीमलाई पार्टीको माथिल्लो संरचनामा आधिकारिक रूपमा भित्र्याएको छ ।

आईतबार च:मतिस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले मेयर बालेनसहित उनको समूहका २६ जना सदस्यहरूलाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले पार्टी समायोजन प्रक्रियाअन्तर्गत विवेकशील साझा पार्टीबाट एकतामा आएका ७ जना नयाँ नेताहरूलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पिएको छ । यससँगै आजको बैठकमा थपिएका नयाँ सदस्यहरू सहितको बृहत्तर सहभागिता थियो । पार्टी सभापति रवि लामिछाने कानूनी प्रक्रियापछि जिम्मेवारीमा फर्किएलगत्तै बसेको बैठकले रास्वपाको आगामी चुनावी रणनीति र संगठन विस्तारमा नयाँ रक्तसञ्चार गरेको छ ।

केन्द्रित बैठकमा मुख्यतया आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारी, समानुपातिक सूची र पार्टीको सांगठानिक सुदृढीकरणका विषयमा छलफल भएको छ ।

मेयर बालेनसँगको बृहत एकतासँगै रास्वपाले बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने गरी यसअघि नै सहमति गरिसकेको छ ।

हेर्नुहोस् मनोनितको नामावली –

बालेन शाह

सुनिल लम्साल

भूपदेव शाह

सस्मित पोखरेल

सागर ढकाल

लक्ष्मण थारु

रमेश पौडेल

खगेन्द्र सुनार

गणेश पौडेल

सन्तोष गिरी

डा. नमिता यादव

सरिता ज्ञवाली

सुशान्त वैद्य

लक्ष्मी बर्देवा

शिव यादव

रोहन कार्की

अनन्तराज घिमिरे

रामकुमार ढुंगाना

प्रदीप ज्ञवाली

जेम्स कार्की

मधुसुदन ढकाल

ओजस्वी थापा

केपी खनाल

आदित्य आचार्य

प्रदीप पाण्डे

खेमराज साउँद