रास्वपा महामन्त्रीमा लम्साल र सहमहामन्त्रीमा शाहलाई नियुक्त गर्न प्रस्ताव

रास्वपा महामन्त्रीमा लम्साल र सहमहामन्त्रीमा शाहलाई नियुक्त गर्न प्रस्ताव


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको महामन्त्रीमा सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाहलाई नियुक्त गर्न प्रस्ताव गरिएको छ ।

आईतबार बसेको केन्द्रीय समिति बैठकले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को टीमलाई पार्टीको माथिल्लो संरचनामा भित्र्याएको हो । जसअन्तर्गत लम्साल र शाह पदाधिकारी बनाउने तयारी छ ।

बैठकले मेयर बालेनसहित उनको समूहका २६ जना र विवेकशील साझाबाट ७ नयाँ सदस्य सदस्यहरूलाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यमा बालेन शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउँद, समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना मनोनित भएका छन् ।