रास्वपा सचिवालय बैठक सुरु, सांसदका उम्मेदवारदेखि पालिका उम्मेदवारसम्मका लागि सोच्दै

रास्वपा सचिवालय बैठक सुरु, सांसदका उम्मेदवारदेखि पालिका उम्मेदवारसम्मका लागि सोच्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक सुरु भएको छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिसको विषय लगायतमाथि छलफल हुँदैछ ।

बैठकका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार लगायतका एजेन्डा छन् ।

आसन्न निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

रास्वपाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकै बेला २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका उम्मेदवार क्लब गठनलाई समेत बैठकको एजेन्डामा राखेको छ ।