पार्टी समायोजनको कार्य तुरुन्त टुंग्याउने रास्वपाको तयारी

पार्टी समायोजनको कार्य तुरुन्त टुंग्याउने रास्वपाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीले मंगलबारको बैठक निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरू भएर टुंगिएको बताएका छन् ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरू अगाडि बढाउने विषयमा मंगलबारको बैठकमा छलफल भएको बताए ।

उनले भने, ‘विशेषगरी निर्वाचनसँग केन्द्रित गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरू भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरू अगाडि बढाइरहेको छ, यसको पहिलो बैठक भोलि हुन्छ होला ।’

बैठकमा पहिलाको शपथमा मेयरको तर्फबाट छुटेका केही सदस्यहरूको शपथ भएको भन्दै कुलमान घिसिङको तर्फबाट पनि नाम छिटो पठाउन आग्रह गरेको उनले बताए ।

उनले भने, ‘पहिलाको शपथमा मेयरसा’पको तर्फबाट छुट्नुभएका केही साथीहरूले आज शपथ लिनुभएको छ र कुलमान घिसिङज्यूको तर्फबाट पनि नाम छिटो पठाउनको लागि उहाँहरूले काम गरिरहनुभएको छ । उहाँहरूको शपथ पनि छिटै टुंगाएर समायोजन प्रक्रियालाई एकदमै तीव्र रूपमा अगाडि बढाउने र त्यसपछि चुनावी प्रक्रियामा होमिनेबारे पनि हामीले छलफल गरेका छौं ।’

कुलमान र बालेन पार्टी कार्यालय कहिले आउँछन् भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले केही प्राविधिक कुराहरू मिलाएपछि पार्टी कार्यालयमा आउने बताए ।

उनले भने, ‘केही प्राविधिक कुरा मिलाउनुपर्ने भएको हुनाले बालेन र कुलमानजी यहाँ आइसक्नुभएको छैन । त्यो प्राविधिक कुराहरू सकाएपछि पार्टी कार्यालयमा नै आउनुहुन्छ ।’