रास्वपाद्वारा संघीय नेतृत्व मञ्चसहित निर्वाचन परिचालन समिति गठन

रास्वपाद्वारा संघीय नेतृत्व मञ्चसहित निर्वाचन परिचालन समिति गठन


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले विभिन्न समितिहरू गठन गरेको छ ।

आईतबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्च सहितका समितिहरू गठन गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार बैठकले संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनयन गरेको छ ।

संघीय नेतृत्व मञ्चमा मनोनयन हुनेमा डा. तारा प्रसाद जोशी, डा. विशाल भण्डारी, डा. सागर ढकाल, रिमा विश्वकर्मा, विशाल गैरे, डा. शंकर ढकाल, सरला लामिछाने, नेत्र कार्की, मिनराज आचार्य, निर्देष सिलवाल, क्षितिज भण्डारी र विजय कंडेल रहेका छन् ।

उनले भनिन्, ‘आज केही हाम्रा समितिहरू गठन भएका छन् । साथै हाम्रो संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनित हुनुभएको छ । संघीय नेतृत्व मञ्चमा मनोनयन भएका साथीहरूको नाम यहाँ प्रस्तुत गर्छु, जसमा डा.तारा प्रसाद जोशी, डा.विशाल भण्डारी, डा. सागर ढकाल, रिमा विश्वर्मा, विशाल गैरे, डा.शंकर ढकाल, सरला लामिछाने, नेत्र कार्की, मिनराज आर्चाय, निर्देष सिलवाल, क्षितिज भण्डारी र विजय कडेल संघीय नेतृत्व मञ्चमा मनोनित भएका छन् ।’

बैठकले संघीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिको संयोजक उपसभापति डीपी अर्याल रहनेछन् । संघीय निर्वाचन परिचालन समितिमा ५१ जना सदस्य रहने व्यवस्था गरिएको छ, जसमा सातै प्रदेशबाट प्रतिनिधित्व रहनेछ ।

प्रदेशस्तरीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । प्रदेश निर्वाचन परिचालन समितिमा २१ जना सदस्य रहनेछन् भने प्रदेश सभापति संयोजक रहने व्यवस्था गरिएको छ ।

यसैगरी, जिल्ला निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिमा १५ जना सदस्य रहनेछन् ।