रास्वपाले फागुन पहिलो हप्ता चुनावी ‘वाचापत्र’ सार्वजनिक गर्ने

रास्वपाले फागुन पहिलो हप्ता चुनावी ‘वाचापत्र’ सार्वजनिक गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ ।

पार्टीले फागुन पहिलो हप्ताभित्रै विशेष कार्यक्रमबिच वाचापत्र सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

वाचापत्र निर्माणका लागि पार्टीले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन गरेको छ । कार्यदलमा डा. नन्दन यादव र डा. अरनिको पाण्डे लगायतका विज्ञहरू संलग्न छन् ।

विज्ञहरूको टोलीले नेपालको वर्तमान आर्थिक अवस्था, सुशासन र विकासका प्राथमिकताहरूलाई केन्द्रमा राखेर मस्यौदा तयार गरिरहेको छ ।

रास्वपाले यसपटकको वाचापत्रलाई केवल कोठाभित्र बसेर बनाइने दस्तावेज मात्र नभई जनभावना समेटिएको साझा संकल्प बनाउन व्यापक सुझाव संकलन गरेको छ । कार्यदलले भौगोलिक विशिष्टता, व्यावसायिक क्षेत्रका आवश्यकता र पार्टीका तल्लो तहका संयन्त्रहरूबाट प्राप्त सुझावहरूलाई मस्यौदामा समावेश गरिरहेको छ । विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँगको पटक–पटकको छलफलपछि मस्यौदालाई अन्तिम रूप दिन लागिएको जनाइएको छ ।