काठमाण्डुका ७ वटा क्षेत्रमा रास्वपा अगाडि

काठमाण्डुका ७ वटा क्षेत्रमा रास्वपा अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले काठमाण्डुका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार काठमाण्डु–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।

त्यस्तै काठमाण्डु–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाण्डु–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् ।

यस्तै काठमाण्डु–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाण्डु–४ मा पुकार बम २ हजार ५२९, काठमाण्डु–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाण्डु ६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेका छन् ।