काठमाण्डु-७, ८ र ९ मा रास्वपा भारी मतले अगाडि

काठमाण्डु-७, ८ र ९ मा रास्वपा भारी मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु – काठमाण्डु–९ मा रास्वपाका डीपी अर्याल भारी मतले अगाडि छन् ।

जारी परिणाम परिणाम अनुसार काठमाण्डु –९रास्वपाका डोलप्रसाद (डीपी) अर्याल ५२२६ मतसहित सबै भन्दा अगाडि रहेका छन् ।

नेपाली कांग्रेसकी नानुमैया बास्तोला ४७०, एमालेका अजयक्रान्ति शाक्य ३६४, राप्रपाका दिलकुमार कार्की १०९ र नेकपाका माइला लामा १०२ मत ल्याएका छन् ।

यस्तै काठमाण्डु –८ मा पनि रास्वपाका विराजभक्त श्रेष्ठ ११,३३३ मतसहित सबै भन्दा अगाडि रहेका छन् ।

नेकपाका सुमन सायमी १४६५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारी १२५४ राप्रपाका नविन शाही ९१७, नेकपा एमालेका राजेश शाक्य ८४० ल्याएका छन् ।

यसैगरी काठमाण्डु–७ मा पनि रास्वपाका गणेश पराजुली ४६७७ मतसहित सबै भन्दा अगाडि रहेका छन् ।

एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ९०४, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाई ७२०, नेकपाका बसन्तप्रसाद मानन्धर ६१९, उज्यालो नेपाल पार्टीकी बिमला लामा २५५ मत ल्याएका छन् ।