काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित अर्यालले प्रतिद्वन्द्वी डा. अच्युतम लामिछानेलाई दुई भोटको मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा अर्यालले ४१६ भोट पाउँदा र लामिछानेले ४१४ भोट ल्याएका छन् । सभापति पदमा हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।
बागमती प्रदेशमा नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो । निर्वाचन प्रक्रिया शनिबार भएको थियो ।




प्रतिक्रिया