रास्वपा बाराको विवाद काठमाडौं आइपुग्यो, घण्टी घरबाहिर कार्यकर्ताको प्रदर्शन

रास्वपा बाराको विवाद काठमाडौं आइपुग्यो, घण्टी घरबाहिर कार्यकर्ताको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विवाद काठमाण्डुको घण्टी घरसम्म आइपुगेको छ ।

कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको परिणाम उल्ट्याइएको विरोधमा कार्यकर्ताले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाहिर नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

नगर अधिवेशन अपारदर्शी भएको आरोप प्रदर्शनकारीको छ । कलैयाको नगर अध्यक्षमा उमाशंकर रौनियार १ सय २४ मतसहित विजयी भएका थिए ।

सपथ खाएर पदभारसमेत ग्रहण गरिसकेको अवस्थामा माथिल्लो कमिटीले निर्वाचन परिणाम रद्ध गरी पुनः मतदान गराउन निर्देशन दिएपछि कार्यकर्ताले विरोध गरेका हुन् ।

मधेस प्रदेश समितिले विजयी हुन कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने भए पनि रौनियरको उक्त प्रतिशत नपुगेकाले पुनः निर्वाचन गराउन निर्देशन दिएको छ ।

प्रदेश कमिटीको निर्देशन पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।

उनीहरुले पार्टीको लेटरहेड प्रयोग नगरी सामाजिक सञ्जालमार्फत जारी गरिएको निर्वाचन रद्ध गरिएको सूचनाको आधिकारिकतामा प्रश्न उठाएका छन् ।