१२ तस्बिरमा रास्वपाको प्रथम महाधिवेशन

१२ तस्बिरमा रास्वपाको प्रथम महाधिवेशन


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ ।

महाधिवेशनका लागि सभापति रवि लामिछाने शनिबार नै चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर पुग्ने कार्यतालिका छ ।

भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो २ बजे सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन सत्रमा सांगीतिक प्रस्तुति, प्रतिनिधि तथा शुभेच्छुकहरूको स्वागतसहित कार्यक्रम सुरु हुनेछ । उद्घाटन सत्रमा पार्टीको राजनीतिक यात्रालाई समेटिएको विशेष भिडियो प्रदर्शन गरिनेछ भने थारू समुदायको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिनेछ ।

महाधिवेशनमा चार हजार प्रतिनिधि उपस्थित हुँदैछन् । उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनका सम्पूर्ण तयारी पूरा भइसकेका छन् ।

महाधिवेशन व्यवस्थापनका सबै तयारी पूरा भएको जनाउँदै बुर्लाकोटीले सभास्थल, मञ्च, आवास, यातायात तथा खानपान व्यवस्थापन मिलाइएको बताए । उनका अनुसार प्रतिनिधि तथा अतिथिहरूको पहिचान र सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध गरिएको छ ।