काठमाण्डु – चितवनमा सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
महाधिवेशनमा प्रधानमन्त्री, मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्ति आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की आफैँ खटिएका छन्।
महाधिवेशनलाई लक्षित गर्दै तीन वटा सुरक्षा निकायबिच समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने भएको छ।
महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको उद्घाटन स्थलमा सर्च गरिएको छ । यसैगरी सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच गरिएको छ ।
एक हजारभन्दा बढी जनपथ प्रहरी खटाइएको छ भने बाहिरी जिल्लाबाट पनि प्रहरी ल्याइएको छ। रास्वपाको बन्द सत्र चितवन उद्योग संघको सभाहलमा हुनेछ।
यसबीच गृहमन्त्री सुधन गुरुङले पनि महाधिवेशन आयोजनास्थलको स्थलगत अनुगमन गरेका छन् । मन्त्री गुरुङले आयोजनास्थलमा पुगेर व्यवस्थापन र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रमस्थल क्षेत्रमा रहेका आयोजक टिमलाई भेटेका हुन् ।








प्रतिक्रिया