काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान जारी छ । । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ । मतदान मध्यराति १२ बजे सुरु भएको हो ।
असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान बिहीबार बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिए ।
निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।




प्रतिक्रिया