काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे विजयी भएका छन् ।
निर्वाचनमा यसअघि कोही उम्मेदवारले पनि ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् । सोही कारण पुनः निर्वाचन भएको थियो । तर, धेरै मत पाउनेमध्येका दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले समर्थन गरेपछि शालिकराम विजयी भएका हुन् ।
निर्वाचनमा ५४२ मत खसेको खसेको थियो । शालिकरामले १९९ मत ल्याए । उनका प्रतिद्वन्द्वी गोपालले ८७ मत पाएका थिए । शालिकराम रास्वपा स्थापनाकालदेखि पार्टीमा प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति बनेका थिए ।
सभापति पदमा शालिकराम र केन्द्रीय संगठन विभाग सदस्य गोपालसँगै अर्का केन्द्रीय विभाग सदस्य मधुप्रसाद अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल र बाँकेका डा. राजकुमार सुवेदीले प्रतिस्पर्धा गरेका थिए ।




प्रतिक्रिया