पदाधिकारी चयनका लागि मतदान सुरु

पदाधिकारी चयनका लागि मतदान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा पदाधिकारी चयनका मतदान सुरु भएको छ।

शुक्रबार सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास निष्कर्षमा नपुगेपछि निर्वाचन निर्धारित समयभन्दा केही ढिला मतदान सुरु भएको हो।

यसअघि सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

अहिले महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको छ।

महामन्त्री पदका लागि मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल, शिशिर खनाल र राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।

महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ।

खुला सहमहामन्त्रीका दुई पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै, महिला सहमहामन्त्री पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

महाधिवेशनबाट निर्वाचित हुने नयाँ पदाधिकारीले आगामी कार्यकालका लागि पार्टीको संगठनात्मक नेतृत्व सम्हाल्ने छन्।