राससका अध्यक्ष श्यामललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

राससका अध्यक्ष श्यामललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) लाई पुनर्वहाली गर्न आदेश दिएको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधवारको सुनुवाईपछि श्यामललाई कार्यअवधी नसकी हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले श्यामललाई २०७५ असार ३ गते राससको अध्यक्षमा चार वर्षका लागि नियुक्ति दिएको थियो । तर सरकारले २ महिना २० दिन कार्यकाल बाँकी रहँदा उनलाई गत चैत ६ गते मन्त्रिपरिषद बैठकबाट हटाएको थियो ।