बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा -यापिड टेस्टमा पोजेटिभ देखिएका दुई जनामा स्वाब परीक्षणमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । नगरपालिकामा गरिएको -यापिड टेूटमा १८ वर्षका र ६० वर्षका दुई पुरुषमा देखिएपछि स्वाब परीक्षण गर्न मङ्गलबार धनगढी पठाइएको थियो । नमूना स्वाब परीक्षणपछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुरा जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
-यापिड टेस्टमा १८ वर्षका युवकको दुईपटक जाँच गर्दा नेगेटिभ देखाएको भए पनि नमूना स्वाब परीक्षणका लागि पठाइएको हो भने ६० वर्षका पुरुषको -यापिड टेस्टमा भने दुईपटक जाँच गर्दा पोजेटिभ देखिएको थियो । -यापिड टेस्टमा नेगेटिभ र पोजेटिभ देखिएका दुवै पुरुषको स्वाब परीक्षणमा बुधवार नेगेटिभ आएको पन्तको भनाइ छ ।
-यापिड टेस्ट किट अभाव
-यापिड डायग्नोस्टिक टेस्ट शुरु भएसँगै किट अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए । यहाँ ११ सय -यापिड डायग्नोस्टिक टेस्ट सरकारले पठाएको थियो तर त्यो सबै सकिएकाले अहिले अभाव भएको जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिए । -यापिड डायग्नोस्टिक टेस्ट सकिन नपाउँदै जिल्लामा किटको अभाव देखिएको पन्तको भनाइ छ ।
उनका अनुसार जिल्लाका स्थानीय तहमा जिल्लाबाहिरका शहर र भारतबाट आएकाहरुको -यापिड टेस्ट गर्न नपाउँदै किट सकिएकाले परीक्षण कार्य बन्द भएको छ । किट अभाव भएपछि सुदूरपश्च्मि प्रदेश स्वास्थ्य निर्देशनालयलाई खबर गरिएको छ । निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशमा समेत किट नभएकाले केही दिनपछि चीनबाट आउने भएकाले पाँच दिनपछि बाजुरामा पठाउने प्रतिक्रिया दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस




प्रतिक्रिया