७७ वटै जिल्लामा आरडीटी परीक्षण

७७ वटै जिल्लामा आरडीटी परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस ९कोभिड–१९० परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म विस्तृत परीक्षण अर्थात् पीसीआरमार्फत आठ हजार ८१ र दु्रत आरडीटीबाट २१ हजार ४८६ जनाको परीक्षण भएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले हाल देशभर १०३ जना कोरोना सङ्क्रमणको आशङ्कामा आइसोलेसनमा रहेको स्पष्ट पार्नुभयो । तीमध्ये काठमाडौंँमा पाँच र काठमाडौँ बाहिर ९८ जना रहेका छन् ।

प्रवक्ता देवकोटाले दिनहुँ परीक्षणको दायरा बढिरहेको स्पष्ट गर्दै परीक्षणमा सङ्क्रमण नदेखिएकाहरूलाई क्वारेन्टाइनबाट घर पठाइएको जानकारी दिनुभयो । देशभर पाँच हजार १८० जना क्वारेन्टाइनमा बसिरहेको जानकारी उहाँले दिनुभयो ।

कोरोनाबाट नआत्तिन आग्रह गर्दै उहाँले आत्मबलले कोरोनालाई जित्ने प्रमाणित भइसकेको बताउनुभयो । हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ रहेकोमा २८ जना उपचाररत छन् । कोरोना भाइरस रोगको सङ्क्रमण भएपछि सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय युवक पनि निको भएर आइतबारै घर फर्किएको बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।