काठमाण्डु – निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनरत रुबी खानको समूह र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।
खान र मन्त्रालयका अधिकारीहरूबीच मंगलबार छलफलपछि ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमति पत्रमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र खानले हस्ताक्षर गरेका छन् ।
सहमतिमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, अधिकारकर्मी विजयबाबु शिवाकोटी, मोहम्मद शेर बागवान, वसन्त रन्जितकार र मनकुमारी गुरताल साक्षी बसेका छन् ।
सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरूपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने समझदारी भएको छ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा अनुसन्धानको विषयलाई लिएर सरकारले खानसँग यसअघि ४ पटक सहमति गरिसकेको छ ।
यस्तो छ सहमति –
प्रतिक्रिया