रूबी खान र सरकारबीच सहमति, माग सम्बोधन गर्न छानबिन समिति गठन 

रूबी खान र सरकारबीच सहमति, माग सम्बोधन गर्न छानबिन समिति गठन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । उक्त सहमतिसँगै खानले आमरण अनसन तोड्ने भएकी छन् ।  उनका माग सम्बोधन गर्न सरकारले गृह न्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि खानले अनसन तोड्ने भएकी हुन् । 

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १५ जनाको टोली २० दिन हिँडेर काठमाण्डु आएको थियो । काठमाण्डु आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनशन थालेकी थिइन् ।

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।