टहरामा ओत लागेका बेला रुख ठलेर किच्दा २ जनाको मृत्यु

टहरामा ओत लागेका बेला रुख ठलेर किच्दा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो ।

घटनामा टहरामा ओत लागेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दए । उनका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएकोहो ।

यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन् । तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।