काठमाडौं – पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालका छोराले प्रमुख सेनानीबाट अवकाश पाएका छन् । नेपाली सेनाले लेफ्टिनेन्ट कर्णेल शुभाङ्गद कटवालको नियमित अवकाश पाएको जनाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले शुभाङ्गद नियमित अवकाशमा गएको जानकारी दिए । उनले शैक्षिक प्रमाणपत्रका विषयमा केही समस्या नभएको बताए ।
काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने, ‘उनको कार्यमूल्यांकनमा नम्बर नपुगेपछि अवकाशमा गएका हुन् । प्रमाणपत्रमा कुनै समस्या थिएन । नयाँ नीतिमा क्वालीफाइड भएता पनि प्रमोशन पाउनुपर्छ भन्ने हुँदैन ।’
‘बोर्डको मूल्यांकनले म्याद नथप्ने निर्णय गरेको हो,’ सहायकरथी पाण्डेले भने ।
सैनिक मुख्यालय जंगीअड्डाका अनुसार २०५० सालमा सेकेण्ड लेफ्टिनेन्टबाट सैन्यसेवा प्रवेश गरेका शुभाङ्गद ३३ औं ब्याचका हुन् । उनी सेनामा प्रवेश गर्दा बुवा रुकमाङ्गद फुल कर्णेल थिए ।




प्रतिक्रिया