काठमाण्डु – पूर्वप्रधानसेनापति रुक्मांगत कटवालको मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ । दुबै मिर्गौलाले काम गर्न छाडेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका उनको मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको हो ।
पूर्वसेनापति कटवाल हालसैनिक अस्पताल छाउनीमा डायलासिस गरी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आरामरत छन् । मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको कटवालका छोरा शुभांगद कटवालले जानकारी दिए ।
केही समयअघि मिर्गौलामा समस्या देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकले कटवाललाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए । मिर्गौला प्रत्यारोपण नभएसम्म उनले आवश्यकता अनुसार सातामा दुईदेखि तीनपटकसम्म पनि डायलासिस गराउनुपर्ने हुन्छ ।




प्रतिक्रिया