रुकुम पश्चिमको ठुलो भेरी नदीमा जल सतह सतर्कता आसपास

रुकुम पश्चिमको ठुलो भेरी नदीमा जल सतह सतर्कता आसपास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुकुम पश्चिमको ठुलो भेरी नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागले रिम्ना जल मापन केन्द्रमा ठुलो भेरी नदीको जल सतह सर्तकता तहको आसपास पुगेको जानकारी दिएको छ।

विभागका अनुसार नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बसोबास गर्ने स्थानीयवासीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाको प्रभावले जल सतहमा वृद्धि देखिएको र डुबान तथा सम्भावित क्षतिको जोखिम कम गर्न तटीय क्षेत्रमा सचेत रहन विभागले अनुरोध गरेको हो।