रुकुमपूर्वमा एमाले कार्यकर्ताको हत्या, माओवादीका तीन नेता पक्राउ

रुकुमपूर्वमा एमाले कार्यकर्ताको हत्या, माओवादीका तीन नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उममेदवारसहित तीन कार्यकर्ता पक्राउ परेका छन् ।

एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या गरिएको आशंकामा सोही गाउँपालकाका तीन नेतालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरुमा माओवादीका तीन स्थानीय नेता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा रहेको रुकुमपूर्व प्रहरीले जानकारी दिएको छ ।

वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा चुनावी प्रचारप्रसारका क्रममा माओवादी कार्यकर्ताले एमाले–कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि झडप भएको थियो । उक्त झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । प्रचारका क्रममा भएको भिडन्तपछि गायब बनाइएकी जुनमायाको खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो ।

शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम बुटवलमा भइरहेको बताए ।