काठमाडौं – पश्चिम रुकुममा हत्या गरिएका युवकका परिवारले जाजरकोटमा किटानी जाहेरी दिएका छन् ।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित तीन जनाको समूहलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या गरिएको थियो ।
मृतक युवकका परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका छन् । प्रहरीले उजुरी दर्ता गरेको छ ।
पीडित परिवारले घटनामा दोषी रहेको आरोपमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमालगायत १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
प्रहरीले घटनामा दोषी रहेको आरोपमा रुकुम चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष मल्ल, केटीका बुवा वीरबहादुर लगायत १२ जनालाई पक्राउ गरेको छ ।
नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।




प्रतिक्रिया