काठमाडौं – रुकुम पश्चिमको मुख्य व्यापारिक क्षेत्र शितलपोखरीमा नेपाली सेनाको नरसिंह दल गणले सार्वजनिक स्थलमा शौचालय निर्माण गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित शितलपोखरीमा अत्यधिक मान्छेहरुको भिड हुने तर सोही ठाँउमा शौचालयको व्यवस्था नहुँदा समस्या भएको थियो ।
रुकुम पुर्वको रुकुमकोट लगाएतको पुर्व क्षेत्र, पश्चिमको चौरजहारी लगाएतको क्षेत्र र दक्षिणको सल्यान, दाङ लगाएतका ठाँउबाट यातायातको साधन आएर रोकिने ठाँउ भएकोले पनि यात्रुहरुको सहजका लागी सार्वजनिक शौचालय निर्माण गरिदिएको नरसिंह दल गणका गणपति प्रमुख सेनानी दिनेश गौतमले बताए ।
२ लाख ५० हजार मुसिकोट नगरपालिकाको सामाग्री खरिद तथा बाँकी नेपाली सेनाको श्रमबाट करिव ७ लाख ५० हजार बराबरको लगानीमा सार्वजनिक शौचालय तयार भएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली सेनाको उत्तर पश्चिम पृतना सुर्खेतका पृतना पति उपरथि सरोजप्रताप रानाले मुसिकोट नगरपालिका ४ का वडा अध्यक्ष निर्मलकुमार पुनलाई शौचालय हस्तानतरण गरेका छन् ।




प्रतिक्रिया