राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ । बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन् ।

राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको थियो ।