पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति ठगी आरोपमा पक्राउ

पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति ठगी आरोपमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- उद्योपति तथा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति ठगी आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे हाे । उनी सिंगापुरबाट काठमाडौं ओर्लिएपछि प्रहरीले पक्राउ गरेको हो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।

सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको हो। प्रहरी उच्च स्रोतका अनुसार व्यवसायी ज्योतिलाई सिल्क एयरबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए। हाउजिङ सञ्चालनको नाममा सर्वसाधारणको रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।उनलाई शुक्रबार अदालतमा अपस्थित गराएर उजुरीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।