प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा. रुपक सापकोटा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो।डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत हुनुहुन्छ ।

यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।डा. सापकोटा विश्व राजनीति,अन्तर्राष्ट्रिय सम्बन्ध, भू-राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार हुन् । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए ।

 डा. सापकोटा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन् ।